Logo
Logo

ईश्वरको पक्षमा खुले एमालेका यी महिला नेतृ


1.8k
Shares

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला नेतृहरू ईश्वर पोखरेलको पक्षमा खुलेका छन् ।

पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की, रचना खड्का र सरिता न्यौपाने लगायतका नेतृहरू पोखरेलको पक्षमा खुलेका हुन् ।

उनीहरुले महाधिवेशनमार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन ईश्वर पोखरेलको समूहलाई साथ दिने घोषणा गरेका हुन् ।

मंगलबार काठमाडौँको हार्दिक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा ती नेतृहरूले हालका अध्यक्ष केपी शर्मा ओली नेतृत्वबाट विश्राम लिनुपर्ने सुझाव दिए ।

‘हामी हाम्रो अध्यक्षलाई यो भन्दा बढी धक्का लागेको हेर्न चाहँदैनौँ, बिग्रेको इमेज हेर्न चाहँदैनौ’, नेतृ पाण्डेले भनिन्, ‘अब ओली कामरेड सहज हिसाबबाट नेतृत्वबाट पर बस्नुस् र निकास दिनुस् । कार्यकर्तालाई चिरा पर्ने काम नगर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्