काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो क्वालिफायर खेलमा विराटनगरले टस जितेको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।
यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको छ ।











