काठमाडौं । नेपाली कांग्रेसको मोरङ-६ क्षेत्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि डा। शेखर कोइरालाको नाम एकल सिफारिस गरेको छ । फागुन २१ को घोषित प्रतिनिधिसभा निर्वाचनमा मोरङ-६ मा प्रत्यक्ष उम्मेदवार बनाउन क्षेत्रीय समितिले कोइरालाको नाम एकल रूपमा सिफारिस गरेको हो ।

मङ्गलवार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ। कोइराला २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस्तै क्षेत्रीय समितिले समानुपातिकतर्फ सात जनालाई सिफारिस गरेको छ । सिफारिस पर्नेमा पूर्व सांसद डा. डिला सङ्ग्रौला, रमेशजंग रायमाझी, रुक्मिणी कोइराला, प्रमीला गच्छदार, मृदुला कोइराला, सीता पोखरेल घिमिरे र सीता थापामगरको नाम छ ।











