काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले ईश्वर पोखरेलको पार्टीमा योगदान केपी ओलीको भन्दा कम नभएको जिकिर गरेकी छन् ।

केपी ओली र ईश्वर पोखरेल सँगै राजनीतिमा लागेको उल्लेख गर्दै उनले कोअर्डिनेसन केन्द्रदेखि नै पोखरल निरन्तर रुपमा देशका सम्पूर्ण भूगोलमा गएर पार्टीको काम गरेको बताइन् ।
पोखरेलले सामुहिक रुपमा पार्टी चलाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ । ‘कमरेड केपी शर्मा ओली जुन बेलादेखी पार्टी राजनितिमा जोडिनुभएको थियो । सोही बेलादेखि नै पार्टी राजनीतिमा हुनुभएका, कोअर्डिनेसन केन्द्रदेखी निरन्तर रुपमा यो देशका सम्पूर्ण भूगोलमा गएर पार्टीको काम गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हाम्रो टिमको नेतृत्व गरेर उभिनुभएको छ । उहाँले सामुहिक रुपमा पार्टी चलाउने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भनिन् ।
ओलीले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर आफुहरुको कुरा नसुनेको गुनासो गर्दै उनले ोखरेलले आफूहरुका कुरा सुन्ने विश्वास व्यक्त गरे ।
भीम रावल र पूर्व राष्ट्रपति विद्या भण्डारीले केपी ओलीको विपक्षमा बोलेको कारण नै पार्टी सदस्यता खोसिदिएको आरोप उनको थियो ।
‘आज केपी शर्मा ओली जसले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर हामीले भनेको कुरा सुन्नुभएन, हामीलाई के विश्वास छ भने हाम्रो नेताले हाम्रो कुरा सुन्नुहुनेछ, सुन्नुभएन भने हामी फेरि सुन्ने गरी ठूलो आवाजमा भन्नेछौँ । यो आवाज आज दिन प्रतिदिन बढिरहेको छ,’ उनले भनिन् ।











