काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग गरेको छ । त्यस्तै पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख धरौटी मागेको छ ।

मङ्गलवार विशेष अदालतका सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा उनीहरूसँग उल्लेखित धरौटी लिएर रिहा गर्न आदेश भएको हो ।
यसअघि नलिनचोक हेलिपोर्ट भ्रष्टाचारको मुद्दामा भने विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । त्यस्तै भण्डारीलाई भने ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।











