Logo
Logo

मधेश प्रदेशका मुख्यमन्त्रीले देउवालाई खुवाए मिठाई


378
Shares

काठमाडौं । मधेश प्रदेशमा भर्खरै नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुवाएर मिठाई खुसी बाँडेका छन् । मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं पुगेका यादव मङ्गलवार सभापति देउवाको महाराजगञ्जस्थित भाडाको निवास पुगेर खुसी साटेका हुन् ।

The current image has no alternative text. The file name is: deuwa.jpg

सो क्रममा मुख्यमन्त्री यादवले सभापति देउवालाई मिठाई खुवाएका हुन् । त्यसको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  मधेशको राजनीतिमा पहिलो पटक कांग्रेसले मुख्यमन्त्री पाएको हो । कांग्रेस संसदीय दलका नेता यादव लामो समयदेखि मुख्यमन्त्री बन्ने प्रयासमा थिए । उनी देउवानिकट नेताका रूपमा चिनिन्छन् ।  

प्रतिक्रिया दिनुहोस्