काठमाण्डौ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले हरिगाउँका लागि खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले थापासहित तत्कालीन इन्जिनियर वसन्तकुमार दुलाल, अधिकृत माधवप्रसाद तिमिल्सेना, तत्कालीन सब–इन्जिनियर नुतन आचार्य, लेखापाल मनोज विष्ट र जयकाली ड्रिलिङ्स कन्स्ट्रक्शन एन्ड सप्लायर्स प्रालि र यसका सञ्चालक शेखर शर्माविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो कायम गरेको छ ।











