Logo
Logo

अदालतले धरौटी माग गरे पनि प्रदीप अधिकारी थुनामै जाने


3.6k
Shares

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ । 

The current image has no alternative text. The file name is: pardeep.jpg

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटी रकम माग गरेको हो ।

अदालतले धरौटी माग गरे पनि अधिकारी थुनामै जाने छन् । यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको थियो । सोही आदेशको आधारमा उनी थुनामै रहने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै उनीसहित ५५ जनाविरुद्ध गत आइतबार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्