
काठमाडौं । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
१५औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसको आज भर्चुअल बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक जुममार्फत अहिले बिहान ८ बजे सुरु हुनेछ ।
बैठकमा कांग्रेसका ७७ जिल्ला सभापति, कार्यवाहक सभापति, महामन्त्रीद्वय सहभागी हुनेछन्। बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी छलफल हुने बताइएको छ ।











