Logo
Logo

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु


252
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाह पथमा रहेको भवनबाट प्रवाह हुँदै आएको मूलभूत सेवाहरू मंगलबारदेखि सिंहदरबारबाट सुरु गरेको जानकारी दिएको हो ।

मन्त्रालयले केही महाशाखा/शाखा/एकाइबाट प्रवाह हुँदै आएका सेवाहरू साबिककै स्थानबाट निरन्तर प्रवाह भइराखेका र आवश्यक स्थानको प्रबन्ध गरी सम्पूर्ण सेवाहरू सिंहदरबारबाट क्रमशः प्रवाह गरिने पनि जनाएको छ ।

रामशाहपथ स्थित मन्त्रालयको भवनमा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी गरिएपछि मन्त्रालयले आफ्नो सेवा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्