
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।
सूचीमा खाणको नाम पहिलो सूचीमा राखेर सिफारिस गरिएको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मा सिफारिस भएका छन् ।











