Logo
Logo

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ


945
Shares

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा एमालेका एक नेता पक्राउ परेका छन् । धनुषा प्रहरीले एमाले मधेश प्रदेश कमिटी सदस्य शिवशंकर साह ‘हिरा’लाई बालिका बलात्कार आरोपमा पक्राउ गरेको हो ।

बालिका बलात्कारपछि फरार भएका ४८ वर्षीय साहलाई भारतीय प्रहरीको समन्वयमा सीतामढीबाट पक्राउ गरि मंगलबार राति नेपाल ल्याइएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।

कात्तिक २२ गते जानकी चोकस्थित एक होटलमा नाबालिगलाई बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको बालिकाका अभिभावकले उजुरी दिएपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेर उनको खोजी गरेको थियो ।

यो प्रकरणमा प्रहरीले बालिकाका एकजना आफन्तलाई पनि पक्राउ गरेको छ । उनले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत असुलेको प्रहरीको आरोप छ ।

यो प्रकरणमा प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका जनकपुर– १० का मनोजकुमार र हिरा नातामा दाजुभाइसमेत हुन् । हाल पीडित बालिकालाई ‘सेफ हाउस’ सुरक्षित राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्