काठमाडौं । देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले चलाउँदै आएको आन्दोलन फिर्ता भएको छ । २३ मंसिरदेखि सुरु भएको आन्दोलन भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच सहमति भएपछि स्थगित गरिएको महासंघले जनाएको छ।

भन्सार विभागका अनुसार महासंघले अघि सारेका व्यवस्थापन सुधार तथा विभाग वा कार्यालयबाटै सम्बोधन गर्न सकिने मागहरू क्रमशः कार्यान्वयन गर्ने सहमति भएको छ ।
यसबाहेक, नियमावलीमा संशोधन आवश्यक ठानिएका विषयहरू अर्थ मन्त्रालयलाई औपचारिक रूपमा अवगत गराउने निर्णय पनि विभागले जनाएको छ।
भन्सार ऐन २०८२ का केही प्रावधानले पेशागत अधिकार, कार्यसहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर परेको भन्दै एजेन्टहरू आन्दोलनमा उत्रिएका थिए ।











