Logo
Logo

एमालेले टुंग्यायो २ हजार ४६३ जना महाधिवेशन प्रतिनिधि


63
Shares

काठमाडौं । नेकपा(एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिको आज बसेको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ रहनेगरी प्रतिनिधि टुङ्ग्याएको हो ।

पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्य पनि महाधिवेशनमा सहभागि हुने समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए ।

उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्