Logo
Logo

सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य वृद्धि


315
Shares

काठमाडौं । बुधबार नेप्से ७.८६ अंक ओरालो लाग्दै २६०६ अंकमा स्थिर भयो । बजारमा कारोबार रकम पनि हल्का घटेर अघिल्लो दिनका ३ अर्ब ७५ करोडबाट आज ३ अर्ब ७३ करोडमा सीमित रह्यो ।

The current image has no alternative text. The file name is: Share-Market-Down.jpg

आज ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो र ९ कम्पनी स्थिर रहेको छ । ।

सबै सेक्टरका सूचकमा गिरावट देखिए पनि कुनै पनि १ प्रतिशतभन्दा बढी झरेन । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०।५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार समूह ०.०२ प्रतिशतले घटेको छ ।

तीन कम्पनी स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानलको मूल्य १० प्रतिशतले उक्लियो। यीमध्ये एसवाई प्यानल आजदेखि नै कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको मूल्य ८.७६ र थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत बढ्यो ।

उता झापा इनर्जी ९.३० प्रतिशतले घट्दै आजको सबैभन्दा कमजोर प्रदर्शनकर्ता बन्यो। हिमस्टार ऊर्जा कम्पनी ५.०५, सुपर मादी हाइड्रोपावर ४.५९ तथा माबिलुङ इनर्जी ४.४९ प्रतिशतले झरेको छ ।।

आज बढी कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स परेक छन् ।

प्रतिक्रिया दिनुहोस्