Logo
Logo

झोकमा उम्मेदवारी घोषणा गरेको होइन: ईश्वर पोखरेल


378
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले पार्टी अध्यक्षमा कुनै झोकमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पारेका छन् । बुधबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले औपचारिक प्रक्रिया पूरा गरी उम्मेदवारी दर्ता गरिएको बताएका हुन् ।

The current image has no alternative text. The file name is: Ishwor-Pokharel.jpg

‘प्यानल बनाउने वा नबनाउने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँक–झ्वाँकमा गरिएको छैन,’ पोखरेलले भने। ‘हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएका छौँ र पार्टी अध्यक्षसँग कुरा गरी केन्द्रीय कार्यालयमा दर्ता पनि गरिएको छ।’

उनले पार्टीभित्र विचारबारे कुनै विवाद नभएको पनि उल्लेख गरे । ‘हाम्रो पार्टीमा प्रारम्भिक छलफलहरू हुँदा बाहिर असर नपरोस् भनेर ध्यान राखिएको थियो । महाधिवेशनको एजेन्डा पनि यथासम्भव पारदर्शी राखिएको छ,’ उनले भने ।

पार्टी जीवनमा कार्यसम्पादन शैली त्रुटिपूर्ण हुँदा समस्या सिर्जना भएको पोखरेलको भनाइ थियो। ‘हाम्रो विचारलाई व्यवहारमा लागू गर्न कमजोरी रह्यो । यसले जनतामा पुग्ने सन्देश कमजोर बनायो,’ उनले स्पष्ट पारे ।

सामूहिक नेतृत्व प्रणालीको महत्वमा जोड दिँदै उनले भने, ‘सामूहिक नेतृत्वलाई सुदृढ नगरी कुनै दल, विशेषगरी कम्युनिस्ट पार्टी, दीर्घकालीन रूपमा चलाउन सकिँदैन । विधि र पद्धतिमा आधारित प्रणालीलाई बलियो बनाउनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्