Logo
Logo

सरकार र जेनजीबीच १६ बुँदे सम्झौता हस्ताक्षर हुँदै


630
Shares

काठमाडौँ । जेनजी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउँदै नेपाल सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच १६ बुँदे सम्झौताको मस्यौदा अन्तिम रूप लिएको छ।

सरकार र जेनजीबीच बुधबार सम्झौतामा औपचारिक हस्ताक्षर हुने तय भएको छ । गृह मन्त्रालय, कानुन मन्त्रालय र जेनजी प्रतिनिधिबीच गहन छलफलपछि सम्झौता तयार भएको हो ।

सम्झौता अनुसार आन्दोलनमा सहादत प्राप्त गर्नेलाई यथाशीघ्र शहीद घोषणा गरिनेछ। शहीद परिवार र घाइतेको तत्काल र दीर्घकालीन आवश्यकता पूर्ति गर्न उच्चस्तरीय कार्यदल गठन गरिने छ।

आन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधका गतिविधिमा सहभागी भएका कुनै व्यक्तिविरुद्ध फौजदारी अनुसन्धान वा अभियोजन गरिने छैन । साथै, राजनीतिक र नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डा अनुसारको नियुक्ति प्रचलन अन्त्य गरिने मस्यौदामा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की उपस्थित हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्