Logo
Logo

ईश्वरको प्रश्न- विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिन रोक्न नहुने बताएका छन् ।

काठमाडौंमा बुधबार पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको बताए ।

उनले भण्डारीको पार्टी सदस्यतालाई यति ठूलो एजेन्डाको रूपमा उठाउन पर्ने विषय नै नरहेको उल्लेख गरे । उनले भने, ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाइ के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तर्राष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने ? पाउनुपर्छ ?’

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको बताए । पार्टीभित्र जबजको बारेमा कुनै मतभिन्नता नरहेको भए पनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्