काठमाडौं । आईसीसी एकदिवसीय ब्याटिङ वरीयतामा भारतका विराट कोहली दुई स्थान उक्लिएर दोस्रो स्थानमा पुगेका छन् ।

दक्षिण अफ्रिकासँगको तीन खेलको एकदिवसीय श्रृंखलामा ३७ वर्षीय कोहलीले दुई शतक र एक अर्धशतकसहित ३०२ रन बनाएका थिए । यस प्रदर्शनले उनलाई पछिल्लो वरीयतामा दोस्रो स्थानमा पुर्याएको हो भारतका रोहित शर्मा शीर्ष स्थानमा यथावत् रहेका छन् भने न्युजिल्यान्डका ड्यारेल मिचेल तेस्रो स्थानमा झरेका छन् ।
एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष, इङ्ग्ल्यान्डका जोफ्रा आर्चर दोस्रो स्थानमा यथावत् छन् । भारतका कुलदीप यादव तीन स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् ।
एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो, र अफगानिस्तानकै मोहम्मद नबी तेस्रो स्थानमा यथावत् रहेका छन् ।
नेपालका एकदिवसीय खेलाडीहरूले वरीयतामा कुनै सुधार देखाएका छैनन् । तर, टी–२० वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ७३औं, आसिफ शेख ७७औं र कुशल भुर्तेल ७८औं स्थानमा पुगेका छन् । तीनै खेलाडीले एक–एक स्थान सुधार गरेका हुन् । टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी शीर्ष १० भित्र आठौं स्थानमा यथावत् छन् ।











