Logo
Logo

महन्थ, हृदयेश र वृषेशचन्द्रको दलबीच एकीकरणको सहमति


693
Shares

काठमाडौं । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुने भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच एकीकरण हुने भएको हो ।

देशमा हाल विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितीको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशका लागि आम निर्वाचन नै एकमात्र विकल्प भएको निष्कर्ष तीन दलको छ ।

‘समान अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता, विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा अगाडि बढ्न संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धत सिमान्तिकरणमा पारिएकाहरूको वृहत् राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौं,’ एकता सहमतिपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै मधेश, थरुहट, आदिवाशी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरूलाई गोलबद्ध हुन समेत आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्