काठमाडौं । सरकारले मुलुकमा सदाचार तथा सुशासन प्रवर्द्धन, भ्रष्टाचार निवारण तथा दण्डहीनता अन्त्यका लागि छुट्टै स्थायी प्रकृतिको आयोग गठन गर्ने भएको छ ।

सरकार र जेनजी प्रतिनिधिहरूबीच बुधबार (मंसिर २४) मा भएको सहमतिपत्रमा त्यस्तो आयोग गठन गरिने उल्लेख छ ।
“जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेको सामूहिक मागअनुरूप मुलुकमा सदाचार तथा सुशासन प्रवर्द्धन, भ्रष्ट्राचार निवारण तथा दण्डहीनता अन्त्य गर्न छुट्टै स्थायी प्रकृतिको आयोग गठन गरिनेछ,” सहमतिपत्रको बुँदा नं १.३ मा भनिएको छ ।











