एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय साझेदारहरूले आवश्यक सुरक्षा ग्यारेन्टी गरे देश चुनावका लागि तैयार रहेको बताएका छन् ।

युक्रेनले युद्धलाई बहाना बनाएर चुनाव रोकिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्, बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपतिका रूपमा जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ को मेमा सकिनुपर्ने थियो । तर रुसको आक्रमणपछि लागू भएको ‘मार्शल ल’ का कारण युक्रेनमा चुनाव स्थगित छ । ‘पोलिटिको’ सँगको अन्तर्वार्तामा उनले आवश्यक कानुनी परिवर्तनका प्रस्तावहरू बनाउन आग्रह गर्दै, पर्याप्त सुरक्षा मिलाए ६०–९० दिनभित्र चुनाव गर्न सकिने बताए ।
जेलेन्स्की सन् २०१९ को चुनावमा ७३ प्रतिशतभन्दा बढी मतसहित विजयी भएका थिए ।











