Logo
Logo

सरकारले स्वीकार्‍यो ‘जेनजी’ आन्दोलन


0
Shares

काठमाडौं । नेपाल सरकार र जनेजी प्रतिनिधिबीच औपचारिक सम्झौता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार सम्झौताका लागि तयार भएको ड्राफ्टमा भदौ २३ र २४ गते भएको आन्दोलनलाई सरकारले जेनजी जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ ।

भविष्यमा आउने सरकारले पनि यो आन्दोलनको मर्म र उपलब्धि स्वीकार गरोस् भनेर जेनजी युवाहरूले सरकारसँग औपचारिक सम्झौताको माग गरिरहेका थिए । सँगसँगै यसलाई जनआन्दोलन भनेर सम्बोधन गर्दै लिखित दस्तावेजीकरण गर्नुपर्ने उनीहरूको माग थियो ।

गएको हप्ता युवाहरूले प्रधानमन्त्रीलाई भेटेर यथाशीघ्र सम्झौता टुङ्गो लगाइ हस्ताक्षर गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्