काठमाडौं । सरकारले जेनजीहरूसँग औपचारिक सम्झौता गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै विवाद उत्पन्न भएको छ।

बुधबार साँझ प्रधानमन्त्री कार्की र जेनजीका प्रतिनिधि भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरेपछि केही जेनजी सदस्यले तीव्र आपत्ति जनाउँदै कार्यालयभित्रै विरोध प्रदर्शन थालेका हुन् ।
सम्झौता संविधान पुनःलेखन र शासकीय स्वरूप परिवर्तनको मुख्य माग सम्बोधन नगरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले हस्ताक्षरित कागज च्यातेका छन् ।
जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालका अनुसार, “शासकीय स्वरूप नफेरी चुनावमा जाने सहमति देशका लागि घातक छ भन्ने बुझेर साथीहरूले सम्झौता च्यातेका हुन्।”











