Logo
Logo

सम्झौतापछि सुदनलाई ‘जेठो छोरो’ भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद


0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी अगुवा सुदन गुरुङलाई ‘जेठो छोरो’ सम्बोधन गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ भएको हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्ने क्रममा उनले गुरुङलाई ‘जेठो छोरो’ भन्दै धन्यवाद दिइन् ।

उनले भनिन्– ‘जुन जेनजी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो । म धन्यवाद दिन चाहन्छु, सबैलाई धन्यवाद दिन्छु । हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो उसलाई पनि धन्यवाद दिन्छु ।’

उनले गृहमन्त्री, आईजीपीसहित उपस्थित मन्त्री लगायतका नाम लिएर धन्यवाद दिइन् ।

सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ गतेको जनआन्दोलनसम्बन्धी राजनीतिक गतिविधिमा सहभागी भएकै कारण कसैलाई पनि फौजदारी अनुसन्धान वा अभियोजन नगर्ने सहमति भएको छ।

बुधबार साँझ सिंहदरबारमा सरकार र जेनजीबीच भएको औपचारिक सम्झौतामा उक्त व्यवस्था उल्लेख गरिएको छ। जेनजी आन्दोलनको ३ महिनापछि भएको सम्झौतामा भनिएको छ, ‘२०८२ भाद्र २३ र २४ गते जनआन्दोलनसँग सम्बन्धित राजनीतिक गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन गरिने छैन।’

सम्झौतामा राजनीतिक सुधारका विषयहरू पनि समेटिएका छन्। अब राजनीतिक दल सम्बन्धी कानुनमा पार्टी अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालसम्म मात्र रहने व्यवस्था मिलाइने उल्लेख छ।

जनआन्दोलनका घटनाबारे निष्पक्ष छानबिन गरी गैरन्यायिक हत्या, हिंसा र मानवअधिकार उल्लङ्घनमा संलग्न व्यक्तिहरू पहिचान गरी फौजदारी जवाफदेहिता सुनिश्चित गर्ने सहमति पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्