Logo
Logo

डडेलधुरामा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते


189
Shares

काठमाडौं । डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए । उनका अनुसार बसमा ३८ जना सवार थिए ।

बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्