Logo
Logo

निरज हत्याकाण्ड : लुम्बिनीका पूर्वमुख्यमन्त्री चौधरीका भाइ पक्राउ


1.3k
Shares

काठमाडौं । प्रहरीले दाङका २७ वर्षीय युवक निरज चौधरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले तुलसीपुर उपमहानगरपालिका –५ का ५१ वर्षीय महावीर चौधरीलाई बैजपुरबाट पक्राउ गरेको हो ।

महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । तुलसीपुर–५ कै निरजको बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा गत आइतबार गोली प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलमा रहेका महाविर भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय राजापुर डीएसपी कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । यद्यपी उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्