
काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाने भएको छ ।
बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले भौतिक उपस्थितिका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले विदेशी पाहुना नबोलाइएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पत्र पठाउन भनिएको छ ।
एमालेको ११औँ महाधिवेशन यही मंसिर २७–२९ भक्तपुरमा उद्घाटन र काठमाडौँमा बन्दसत्र हुँदै छ । महाधिवेशन उद्घाटनमा नेपालका १६ राजनीतिक दललाई आमन्त्रण गरिएको बर्तौलाले जानकारी दिए ।











