Logo
Logo

अदालतले चुनावअघि यादवलाई जमानत दिएपछि तरंगित


- दृष्टि न्युज/संवाददाता


राँची, २३ असोज (एएनआई) । बिहारका पूर्वमुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उहाँलाई जमानत दिएको अदालतले जनाएको छ ।
बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ । तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनुपर्नेछ । यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौँदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन् ।
यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन् । उनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् । लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्