
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा ५ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेसले २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरे शर्माको नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिकतर्फ श्रीविनोद भट्टराई, रमा गुरागाईं, कृष्णकुमारी बस्नेत, अकला गुरूङ, कृष्ण थापा मगर, राजेन्द्रमान जोशी र निरविक्रम शाहको नाम सिफारिस भएको हो ।











