
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थीत संघीय संसद भवनको अवलोकन गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर ध्वस्त भएको संसद भवनको अवलोकन गरेकी हुन् ।
उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
संसद भवनको अवलोकनका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले आफुलाई संसद भवनको अवस्था देखेर दुःख लागेको बताइन् ।
जेनजी आन्दोलनका क्रममा संसद भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो । ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद पुननिर्माणमा भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणधीन संसद भवनबाटै काम सुरु गर्ने गरि तयारी गरिरहेको छ ।











