Logo
Logo

पुनर्बहालीपछि हितेन्द्रले भेटे कुलमानलाई 


1.6k
Shares

काठमाडौं । सर्वोच्च अदालतबाट पद पुनर्स्थापित भएसँगै नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।

शाक्य मन्त्री घिसिङ भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । भेटमा मन्त्री घिसिङले हाल प्राधिकरणले पूर्ण क्षमतामा काम गर्ने समय रहेको भन्दै त्यसमा सम्झौता नगर्न सुझाव दिएका जनाइएको छ । 

आफू नतिजामा विश्वास गर्ने भन्दै मन्त्री घिसिङले कामलाई नतिजामा बदल्नुपर्ने अवस्था रहेको स्मरण गराएका थिए । कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग मिलेरै काम गरेको स्मरण गर्दै यस पटक पनि त्यसमा समस्या नहुने बताइएको छ । 

सरकारले निर्देशक हितेन्द्रदेव शाक्यलाई असोज ५ मा हटाएको थियो ।  उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको थियो । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्रीको जिम्मेवारी समालेसँगै कुलमान घिसिङले उनलाई पदबाट हटाएका थिए । हितेन्द्रलाई पदबाट हटाएपछि  कुलमानले प्रतिशोधको भावनामा काम गरेको भन्दै आलोचना समेत भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्