
काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाउँदै म नभागेको भए के गर्नुहुन्थ्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
बिहीबार सम्पादकहरूसँगको सम्वादका क्रममा उनले यस्तो प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भनेका छन्, ‘नभागेको भए के गर्नुहुन्थ्यो ? के गर्थे त सुशीला जी वा अरुले ? के गर्नुहुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ उनले भने।
साथै उनले आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुन्डुमा सरेको बताए । उनले भने, ‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि । २ गते म गुन्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’











