Logo
Logo

जापानमा रक्सी खाएर साइकल चलाउने ९ सय जनाको लाइसेन्स निलम्बन


630
Shares

एजेन्सी । जापानमा रक्सी सेवन गरेर साइकल चलाउनेहरूविरुद्ध कडाइ बढेपछि झन्डै ९ सय जनाको कार चालक अनुमतिपत्र निलम्बन गरिएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको अनुसार, रक्सी पिएको अवस्थामा साइकल चलाउने व्यक्तिहरू कार चलाउँदा समेत उच्च जोखिम हुने भएकाले प्रहरीले यस्तो कदम चालेको हो ।

The current image has no alternative text. The file name is: cycle.jpg

गत जनवरीदेखि सेप्टेम्बरसम्म निलम्बित ड्राइभिङ लाइसेन्सहरूको संख्या अघिल्लो वर्षको तुलनामा तीव्र रूपमा बढेको छ ।

जापानले हालै कडा ट्राफिक कानून लागू गरेको छ, जसअनुसार रक्सी सेवन गरी साइकल चलाउनेहरूलाई तीन वर्षसम्म कैद वा अधिकतम ३ हजार २ सय अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । सास फेर्ने परीक्षणमा प्रति लिटर ०.१५ मिलिग्राम वा सोभन्दा बढी अल्कोहल प्रमाणित भएमा सजाय लाग्ने प्रावधान छ ।

यसअघि भने साइकल ठीकसँग नचलाएको पाइएमा मात्र दण्ड दिने चलन थियो । अब रक्सी पिएको व्यक्ति साइकल चलाउन तम्सिन नदिनुपर्ने, र यस्तो व्यक्तिलाई साइकल उपलब्ध गराउनेहरूलाई समेत जरिवाना लाग्न सक्ने व्यवस्था गरिएको छ ।

माइनिची अखबारका अनुसार, २०२४ नोभेम्बरदेखि यस वर्ष जुनसम्म जापानभरि ४ हजार ५ सयभन्दा बढी व्यक्ति रक्सी सेवन गरेर साइकल चलाएको आरोपमा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्