काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दै छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

विराटनगरले खेलका लागि दुई परिवर्तन गरेको छ । सूर्य तामाङ र नारायण जोशी बाहिरिँदा सुवास भण्डारी र शङ्कर राना टोलीमा आएका छन् । लुम्बिनी लायन्सले बुधवारको खेलबाट कुनै परिवर्तन गरेको छैन ।











