Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


756
Shares

काठमाडौं । नियमित मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि जारी छ।

The current image has no alternative text. The file name is: baithak.jpg

यसअघि हिजो बुधबार मात्रै सरकार र जेनजी समूहबीच महत्वपूर्ण १० बुँदे सम्झौता भएको थियो । सो सम्झौतामा सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आधिकारिक रूपमा जनआन्दोलनको मान्यता दिने निर्णय गरेको छ।

नवयुवाहरूको असंगठित तर शक्तिशाली विद्रोहले तत्कालीन राजनीतिक दलहरूको सत्ता फालिएको थियो, जसको आधारमा जेनजी युवा प्रतिनिधिहरूको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो ।

आन्दोलन अघि जेनजीहरूले कुनै औपचारिक माग नउठाएकाले त्यसका मुद्दा हराउने जोखिम बढेको थियो। यही कारण केही समूहले आफ्ना मागहरू राज्यसँग संस्थागत रूपमा दर्ता गराउन पहल गरेका थिए । के विषय दस्तावेजीकरण गर्ने भन्नेबारे दुवै पक्षबीच लामो रस्साकस्सी चलेपछि अन्ततः बुधबार सिंहदरबारमै सम्झौता भएको हो ।

सम्झौता अनुसार, भदौ २३–२४ को आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्