Logo
Logo

जर्मन फुटबलमा पहिलो महिला सीईओ तातजाना


441
Shares

काठमाण्डौ । स्विट्जरल्यान्डकी पूर्व अन्तर्राष्ट्रिय फुटबलर तथा अनुभवी प्रशासक तातजाना हेन्नी जर्मन फुटबल इतिहासमै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत सीईओ बनेकी छन् । बुन्डेसलिगा क्लब आरबी लाइपजिगले उनलाई औपचारिक रूपमा सीईओमा नियुक्त गरेको हो ।

The current image has no alternative text. The file name is: tatjana.jpg

हेन्नीले फिफामा एक दशकभन्दा बढी समय महिला फुटबलका विभिन्न जिम्मेवारी सम्हालिसकेकी छन् । यस वर्षको सुरूमा उनी स्वीस फुटबल सङ्घमा महिला फुटबल विभागका प्रमुख तथा अमेरिकाको एनडब्ल्यूएसएल राष्ट्रीय महिला फुटबल लिगमा खेलकुद निर्देशकको भूमिकामा रहेकी थिइन् ।

५९ वर्षीया हेन्नी आउँदो जनवरीदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्नेछिन् ।

आरबी लाइपजिग अहिले बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको छ, शीर्षस्थ बायर्न म्युनिखभन्दा आठ अंकले पछाडि ।

प्रतिक्रिया दिनुहोस्