Logo
Logo

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा


378
Shares

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । 

The current image has no alternative text. The file name is: lumbini-1.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो । 

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो । एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ ।

लगातार दुई क्वालिफायर खेल्दा पनि विराटनगर उपाधि दौडबाट बाहिरिएको हो । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर सोही लयलाई निरन्तरता दिन  नसक्दा उपाधि दौडबाट बाहिरिएको हो । 

यता लुम्बिनीले भने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको हो । पहिलो सिजन अङ्क तालिकाको पुछारमा रहेर एनपीएल सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि भिडन्त पक्का गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्