Logo
Logo

एनपीएल उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने


378
Shares

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार दिउँसो साढे ३ बजे सुरु हुनेछ । 

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी पहिलो पटक उपाधि नजिक पुगेको हो । अङ्क तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेलेको लुम्बिनीले काठमाण्डु गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । 

लिग चरणको पहिलो खेलमा जित निकालेको लुम्बिनीले लगातार तीन खेलमा हार  बेहोरेको थियो । तीन हारपछि उत्कृष्ट पूनरागमन गरेको लुम्बिनीले त्यसपछिका पाँच खेलमा लगातार जित हात पारेको हो । लुम्बिनीले पछिल्ला खेलमा सम्हालिएर प्रदर्शन गरिरहेको छ । ब्याटिङमा सन्तुलित प्रदर्शन गर्न नसके पनि र बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । 

यता लगातार क्वालिफायर खेलेको विराटनगर भने दुवै खेलमा पराजित हुन पुग्यो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाएको थियो । तर दोस्रो क्वालिफायरमा पनि लुम्बिनीसँग पराजित भएपछि उपाधि दौडबाट बाहिरिएको हो । 

विदेशी र राष्ट्रिय टोलीका अनुभवी खेलाडीको साथ पाएको विराटनगरलाई लिग चरणमा उपाधि दाबेदार टोलीको रूपमा हेरिएको थियो । तर लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर भने सोही लयलाई निरन्तरता दिन सकेन । विराटनगरले लिग चरणमा एक हार मात्र बेहोरेको थियो ।  लिग चरणमा नै साबिक विजेता जनकपुर बोल्ट्स बाहिरिएपछि दोस्रो सिजनमा एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो ।

प्रतिक्रिया दिनुहोस्