Logo
Logo

गुन्डासँग मिलेको आशंकामा डिएसपीको सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ असोज ।
इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी विश्वराज खड्कालाई हटाइएको छ । गुन्डासँग मिलेको तथा नदी दोहन गर्नेहरुलाई संरक्षणको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले उनको २ नम्बर गणमा सरुवा गरेको छ ।


गजुरीमा डिएसपी युवराज खड्कालाई पठाइएको छ ।
कांग्रेस निकट गुन्डा राधे भण्डारीलाई डिएसपी भण्डारीले सहयोग गरेको प्रारम्भिक छानबिनमा खुलेको छ । भण्डारी बिहीबार पक्राउ परेका थिए । उनले जनप्रतिनिधिलाई समेत धम्काउने गरेको खुलेको छ । उनको प्रहरीसँग समेत कनेक्सन देखिएको प्रहरी मुख्यालय स्रोत बताउँछ । नदी दोहान गर्नेहरुसँग उनले हप्तावारी पैसा लिने गरेको छानबिनमा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्