Logo
Logo

भ्रष्टाचार मुद्दामा पूर्व डिएसपी दोषी ठहर, असईलाई २० दिन कैद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज
नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोग लागेका नेपाल प्रहरीका पूर्व डिएसपी अरुण कुमार शाह दोषी ठहर भएका छन् । बिशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ माघमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । पटनाको बिडी इभिनिङ कलेजबाट स्नातक उत्तिर्ण गरेका प्रमाणपत्र पेश गरेर उनी इन्सपेक्टरमा भर्ना भएका थिए । आयोगले उनीविरुद्ध उजुरी परेपछि छानबिन हुँदा उनले त्यहाँ पढ्दै नपढेको र नक्कली सर्टिफिकेट पेश गरेको पुष्टि भएको थियो । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले बुधबार उनलाई दोषी ठहर गरेको हो ।
असईलाई २० दिन कैद
त्यस्तै घुससहित पक्राउ परेका असई पदमबहादुर कटवाल पनि दोषी ठहर भएका छन् । न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती, रवि शर्मा अर्यालको इजलाशले उनलाई २० दिन कैद र ७ हजार जरिवानाको फैसला गरेको हो ।
गत वर्ष असारमा उनी घुससहित रंगेहात पक्राउ परेका थिए । प्रहरी चौकी भोक्राहा कार्यरत रहेको बेला वन कार्यालयबाट पक्राउ पूर्जी आएको भन्दै तर्साएर घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्