दुबई । दुबईमा भइरहेको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले आज कास्य पदक जितेकी छन् ।

पहिलो खेलमा रेणुले बङ्गलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दैै सेमिफाइनल पुगेको उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।
रेणुले पहिलो राउन्डमा १५–३ र दोस्रोमा १२–० अङ्क बटुलिन् । सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो राउन्डमा ०–२ र दोस्रोमा ०–१ ले पछि परिन् ।











