Logo
Logo

एमालेको महाधिवेशन उद्घाटन स्थलमा कुकुरसहित प्रहरी टोली परिचालन


1k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।

विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेटर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् । प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।

अरनिको राजमार्गसँगै जोडिएको भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उदघाटन समारोह हुँदैछ । उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।

उदघाटन समारोह स्थल वरपर आज बिहानैदेखि एमाले कार्यकर्ताहरु आइपुगेका छन् । महाधिवेशन उद्घाटनमा देशभरबाट तीन लाख सहभागी हुने एमालेले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्