काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल शुरु भएको छ । समुह बी अन्तर्गतको यस खेलमा श्रीलंकाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा खेल्ने नेपाली प्लेइङ ११ मा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, भान्स क्षेत्री, अभिषेक तिवारी, सुशील रावल, अपराजित पौडेल, रोशन विक र दर्श सोनार रहेका छन् ।











