Logo
Logo

एमालेको महाधिवेशनमा देउवा र प्रचण्ड सहभागी नहुने


1.3k
Shares

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

एमालेले संसदमा प्रतिनिधित्व गर्ने दलसहित कुल १६ दलहरुलाई महाधिवेशनमा शुभकामना दिन निमन्त्रणा दिएको जानकारी दिएको छ । जस अनुसार कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने भएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट नेता देव गुरुङले सहभागिता जनाउने भएका छन् ।

त्यस्तै एमाले महाधिवेशन अतिथि सत्कार कमिटीका अनुसार रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, जसपाबाट उपेन्द्र यादव लगायतले सहभागिता जनाउने भएका छन् । एमालेले हालै दर्ता भएका नयाँ दललाई भने निमन्त्रणा नगरेको बुझिएको छ । त्यस्तै यस पटक समय अभावमा विदेशबाट कुनै पनि दलका प्रतिनिधि महाधिवेशनमा नआउने एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्