Logo
Logo

अनशनरत डा.केसीको पक्षमा प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज । चिकित्सा शिक्षाको सुधारकोम माग गर्दै पछिल्लो पटक २५औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनशनको १्र२५औँ दिन पुग्दा डा. केसीको स्वास्थ्यमा समस्या देखिँदै गएको छ तर अझै सरकारले केसीको माग पूरा गर्ने लक्षण देखाएको छैन । यो डा. केसीको १९औँ अनशन हो ।
सरकारले डा. केसीसँग वार्ता गर्न वार्ता समिति गठन गरेपनि वार्ता सकरात्मक हुन देखिएको छैन । बिहीबार र शुक्रबार डा. केसी र सरकारी पक्षबीच वार्ता भएको थियो । तर, दुई पटक भएको वार्ताको कुनै निष्कर्ष नआएपछि डा. केसीको जीवन नै समाप्त पार्ने सरकारको नियत देखिएको उनका समर्थकले आरोप लगाएका छन् ।
प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा रोकिएको समेत बताएका छन् ।
माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’जस्ता नारा लगाएका छन । बिहीबार केही समझदारी भएपनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा. केसी पक्षधरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्