Logo
Logo

चुनावबाट भाग्दैनौँ, एमालेले बहुमत ल्याउँछ : ओली


378
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्ने कुरा कसैले नसोचेको बताएका छन् ।

The current image has no alternative text. The file name is: oli-1.jpg

शनिबार पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन भएमा एमालेले बहुमत ल्याउने क्षमता भएको दाबी गरे। 

‘डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव भएमा बहुमत ल्याउने ल्याकत भएको पार्टी चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ उनले भने । साथै, उनले अहिले चुनावको नाममा देशलाई अल्मल्याउने प्रयास भइरहेको आरोप लगाए । 

‘अहिले चुनाव हुँदै छ भनेर मात्र कुरा गरिएको छ, तर वास्तवमा चुनाव हुँदै छैन । यो त देशलाई भ्रममा राख्नका लागि मात्र हो,’ ओलीले भने । ‘हाम्रो स्पष्ट अडान छ-प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्