Logo
Logo

समाजवाद ल्याउन नसके हामीलाई जेलमा कोचिदिनुहोला : वामदेव गौतम


567
Shares

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले देशमा समाजवाद स्थापना गर्न असफल भए जनताले आफूहरूलाई जेल हाल्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: bamdev-2.gif

शनिवार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा व्यक्त गरेका हुन् । भाषणमा आक्रामक शैली अपनाएका गौतमले अब कम्युनिस्ट नेताहरूलाई भाग्ने विकल्प नरहेको स्पष्ट पारे । 

उनले भने, ‘हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईँहरूले हामीलाई जेलमा लगेर कोचिदिनुहोला । हामीलाई अब भाग्ने छुट छैन ।’ विगतका कमजोरीहरूलाई खुलस्त स्वीकार गर्दै गौतमले नेतृत्वलाई जनतालाई भ्रममा नपार्न चेतावनी दिए । उनले थपे, ‘जनतालाई ढाँट्नका लागि मात्र “समाजवाद, समाजवाद” भन्नुहुन्न । अब ढिला नगरी समाजवाद निर्माणमा जुट्नुपर्छ र देशलाई समृद्ध बनाउनुपर्छ ।’

सम्बोधनका क्रममा गौतमले पछिल्लो समय चर्चामा रहेको युवाहरूको ‘जेनजी’ आन्दोलन केपी शर्मा ओलीकै कारण उत्पन्न भएको टिप्पणी गरे । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले संविधानको मर्मअनुसार अघि बढ्न सुझाव दिए । नेपाली कम्युनिस्ट आन्दोलनलाई देशको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले अबको लक्ष्य समृद्ध समाजवादको विकास हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्