Logo
Logo

हामीसँग ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन : प्रचण्ड


567
Shares

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप रोक्न बलिस्टिक मिसाइल जस्ता अस्त्रको सामर्थ्य नभए पनि जनताको एकता नै सबभन्दा ठूलो शक्ति भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: prachand.jpg

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल स्वाभाविक रूपमा हुन्छ । तर हामीसँग व्यालेस्टिक मिसाइल प्रयोग गरेर त्यसलाई रोक्ने तागत छैन । त्यसैले जनताको शक्ति, एकता र सङ्गठन नै हाम्रो मुख्य हतियार हो ।’

प्रचण्डले पछिल्लो समय चर्चामा आएको ‘जेनजी’ आन्दोलनलाई राजनीतिक दल र पुराना नेतृत्वका लागि गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै यसलाई सकारात्मक रूपमा लिएको बताए । उनले भने, ‘जेनजी आन्दोलनले हामीलाई “सच्चिने कि सक्किने” भन्ने चेतावनी दियो । मैले उनीहरूलाई धन्यवाद दिएँ, किनकि यसले हामीलाई सच्याउने अवसर प्रदान गरेको छ ।’

उनले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी गर्दै युवाहरूका मागहरू आफ्नो पार्टीको नीतिसँग मिल्दाजुल्दा रहेको दाबी गरे । ‘अहिले हजारौँ जेनजी युवा हामीसँग जोडिएका छन् । उनीहरू भन्छन्– हाम्रो अभिभावक प्रचण्ड नै रहेछन् । यसले कतिपय शक्तिहरू आत्तिएका छन्, किनकि सबै नेपाली कम्युनिस्टहरू एक ठाउँमा केन्द्रित हुँदैछन्,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्