Logo
Logo

काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रीमा झर्यो


441
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको हो ।

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ । त्यतिबेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ ।

हिजो शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो । यस आधारमा हिजोभन्दा आज चिसो बढेको छ ।

यसैगरी आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहने मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्